नेपाल टेलिकमको मोबाइलमा देशभर समस्या

प्रकाशित मिति : मङ्लबार, भदौ १९, २०७५

१९ भदौ, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही समस्यामा परेका छन् ।

मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । यद्यपि, ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।

टेलिकम भन्छ- समस्या पत्ता लगाउने प्रयास भइरहेको छ