बेलकोटगढी नगरपालिकाको अन्टुफ भेला सम्पन्न

प्रकाशित मिति : शनिबार, भदौ ९, २०७५

काठमाण्डौ, अखिल नेपाल टे«ड युनियन महासंघले संगठन विस्तारकोक्रममा बेलकोटगढी नगरपालिकामा आयोजित भेलाले हरिप्रसाद ढुंगानाको अध्यक्षतामा २१ सदसीय अन्टुफ नगरकमिटी गठन गरेको अन्टुफ नुवाकोटका अध्यक्ष उत्तम मुढभरीले बताएका छन् । भेलाले उपाध्यक्षमा बलराम पुडासैनी र बुद्धि रार्ई, सचिवमा शुदर्शन सिग्देल,सहसचिवमा भरत मुढभरी, कोेषाध्यक्षमा दण्डप्रसाद पुडासैनीलाई चयन गरेको छ भने सदस्यहरुमा कृष्णप्रसाद पुडासैनी, कृष्णप्रसाद तिवारी, शंकर पुडासैनी, बद्रिप्रसाद मुढभरी, भिमसेन न्यौपाने, श्याम ढुंगाना, ऋषि ढुंगाना, धनप्रसाद नेपाली, बच्चु सुबेदी, दिपक अधिकारी, टेकबहादुर तामाङ, श्याम न्यौपाने चयन भएका छन् । भेलालाई प्रमुख अतिथि तथा प्रदेश ३ का अन्टुफ अध्यक्ष पिताम्बर गिरी, नुवाकोट अन्टुफ अध्यक्ष उत्तम मुढभरी, युवा कमिटीका अध्यक्ष राजेन्द्र न्यौपानेले ्लगायतले सम्वोधन गर्नु भएको थियो ।