ट्रेकिङ मजदुर संघले जीवन लिम्बुलाई दश लाख क्षतिपूर्ति दिलायो ।

प्रकाशित मिति : शनिबार, भदौ ९, २०७५

काठमाण्डौ, अखिल नेपाल पर्यटन मजदुर संघले हिमालयन इन्काउन्टर ट्रेकिङ एजेन्सीमा कार्यरत टे«किङ मजदुर जीवन लिम्बुको पद यात्राको क्रममा २०७४ साल बैशाख २५ गतेका दिन दुर्घटनामा परि मृत्यु भएकोमा लामो समयसम्म व्यवस्थापनले क्षतिपूर्ति दिन अलमल्याई रहेकोमा यसपटक भने युनियनले सबै कानुनी प्रकृयाका आधारमा दवाव दिएपछि व्यवस्थापनले मृतक लिम्बुको परिवारलाई विमा बापत पाउनुपर्ने रकम किस्ताबन्दीमा रु. दश लाख दिन सहमत भएको छ । उनलाई रु. पाँच लाख यही भदौ पाँच गते दिने र बाँकी पाँच लाख रुपैयाँ संझौता भएको ९० दिनभित्र दिने सहमति गरेको छ । मृतक लिम्बुको परिवारलाई रु. पचास हजार रुपैयाँ काजक्रिया खर्चपनि व्यवस्थापनले व्यहोर्ने भएको कुरा मजदुर संघका महासचिव उपेन्द्र्र उप्रेतीले बताएका छन् ।
सहमतिपत्रमा टानका अध्यक्ष नबराज दाहाल,अखिल नेपाल ट्रेकिङ मजदुर संघका महासचिव उपेन्द्र उप्रेती, कम्पनीका व्यवस्थापक बलराम श्रेष्ठ र सुजन सिजापति, मृतक लिम्बुका परिवारका सदस्य सुजन लिम्बुले हस्ताक्षर गरेका छन् ।