निर्माण मजदुर तार्केश्वर नगरपालिका कमिटीको अध्यक्षमा मेसमान तामाङ

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

काठमाडौ, अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश नं. ३ अन्तरगत काठमाडौ जिल्ला मातहतमा रहेको तार्केश्वोर नगरपालिका कमिटी  सुरज तमाङको ईन्चार्जशिपमा,  मेशमान तामाङको अध्यक्षतामा जम्मा २८ सदस्यीय कमिटी गठन गरियो। भेलामा श्रमिक मजदुरहरु १०९ जनाको उल्लेख्य रुपमा उपस्थिति थियो। उक्त कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय अध्यक्ष अमित लामा, केन्द्रीय उपाध्यक्ष कमल न्यौपाने, केन्द्रीय उपमहासचिव राजेन्द्र रुम्बा, केन्द्रीय उपमहासचिव बिनोद भण्डारी, केन्द्रीय सचिव बिष्णुमाया श्रेष्ठ, केन्द्रीय सदस्य आइतराम तामाङ तथा काठमाडौ जिल्ला अध्यक्ष मदन बराइली, काठमाडौ जिल्ला उपाध्यक्ष त्रय  तिर्थमान तामाङ, दिनेश लिम्बू, कृष्णबहादुर खत्री तथा काठमाडौ जिल्ला सचिव  सुरज तामाङको उपस्थिती थियो।

उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष  अमित लामाले देशमा विद्यमान अवस्थामा हाम्री श्रमजीवि श्रमिकहरुको हक अधिकार सुनिश्चित हुने दिन आएकोछ, जसको खातिर हामी निर्माण मजदुरहरु एकत्रित भै संगठनमा गोलबन्द हुन नितान्त आवस्यक छ भन्नू भयो। स्थानीय तहमा पन्जिकृत हुँदै सामाजिक सुरक्षा कोषको हकदार बन्न सबै निर्माण मजदुरहरुलाई संगठित हुन आह्वान गर्नु भयो। कार्यक्रम प्रस्तोता सुरज तामाङ हुनु हुन्थ्यो। नव निर्बाचित पदाधिकारी तथा कार्यसमिती सदस्यहरुलाई हार्दिक बधाई सहित कार्यकालको संग्रामी शुभकाना।

नयाँ निर्बाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु: १. अध्यक्ष – मेशमान तामाङ २. उपाध्यक्ष – सागर तामाङ ३. उपाध्यक्ष – मान बहादुर राई ४. उपाध्यक्ष – कर्साङ तामाङ ५. उपाध्यक्ष – युक बहादुर तामाङ ६. सचिव – अनिल तामाङ ७. सहसचिव – कुमार तामाङ ८. कोषाध्यक्ष – बिष्णु तामाङ ९. सदस्य – आइते तामाङ १०. सदस्य – सुनिल तामाङ ११. सदस्य – बुद्धि बहादुर तामाङ १२. सदस्य – संजिव तामाङ १३. सदस्य – कुमार तामाङ १४. सदस्य – शम्भु तामाङ १५. सदस्य – रामशरण खड्का १६. सदस्य – पेम्बा तामाङ १७. सदस्य – जित बहादुर तामाङ १८. सदस्य – बक्सिङ तामाङ १९. सदस्य – रश्मि मगर २०. सदस्य – सन्चमाया ब्लोन २१. सदस्य – सरिता राई २२. सदस्य – बुद्दुमाया तामाङ २३. सदस्य – माइतीमाया तामाङ २४. सदस्य – नकुर तामाङ २५. सदस्य – स्यालदोर्जे तामाङ २६. सदस्य – सानू खड्का २७. सदस्य – ईन्द्र मोक्तान २८. सदस्य – सुर्य बहादुर आले मगर .