महालक्ष्मी नगरपालिका निर्माणको अध्यक्षमा चन्द्र मोक्तान

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

ललितपुर , अखिल नेपाल निर्माण मजदुर संघ महालक्ष्मी नगरपालिकाको सम्पन्न भेलाले चन्द्र मोक्तानको अध्यक्षतामा १३ सदसीय कमिटी भएको सो संगठनका केन्द्रीय अध्यक्ष अमित लोप्चनले बताएका छन् ा थप नामावलि यसप्रकार रहेको छ । उपध्यक्ष ( हरि कुसुवा , सचिब ( दिपक ढकाल , सहचिब ( दिलिप राइ, कोषध्यक्ष ( उमा श्रेष्ठ , सदस्य ( रामप्रसाद मगर , हरेन्द्र पन्दित, हरिश चन्द्र सिंह, बिबश श्रेष्ठ, सुबाश चन्द्र चाम्लिङ बुद्धिबहादुर दनुवार , चन्द्र कुमार तामाङ , बिरेन्द्र रानामगर । भेलामा नेपाल सरकारले हालै बृद्धि गरेको बेतन कडाईका साथ कार्यान्वयन गर्ने , सामाजिक सुरक्षा तथा श्रम ऐनको कार्यान्वयनमा निरन्तर लागि रहने तथा संगठन एकतामाथि जोड दिएको छ ।