गरिबीकै कारण पढ्न नपाएकी पूजा खत्रीको यो दुनियाको आखा रसाउने पत्र एको चोटी पढ्नुस

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

आर्थिक अवस्था कमजोर भएपछि म्याग्दीकी एक बालिकाले विद्यालयबाट आफ्नो नाम हटाउँदै निस्काशन गर्न प्रधानाध्यापकलाई पत्र लेखिन् । बेनी नगरपालिका–६ अर्थुङ्गे फोओठेकी १२ बर्षिया पूजा खत्रीले विद्यालय आउने वातावरण नभएको भन्दै आफुँलाई विद्यार्थीको रुपमा नर्हेन अनुरोध गदैं लेखेको भाबुक पत्रको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

दैनिकजसो बुबाले जाँडरक्सीले मातेर घरमा आउने, बिहान बेलुकी पेटभरी खान नपाउने, कपीकलम र पोशाक नभएकाले नियमित विद्यालयमा आउन नसक्ने भन्दै खत्रीले जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानालाई चिठी पठाउँदै आफ्नो रोल नं हटाउन अनुरोध गरेकी थिईन् ।

जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएकी खत्रीले दैनिक बृद्ध हजुरबुबालाई लिएर गाउँघरमा खाने कुरा माग्न जानुपर्ने भएकाले नियमित विद्यालयमा आउन नसकेको पुजाले बताईन् । दुईबर्ष अगाडी देखी सम्पर्क विहिन भएकी आमा र गत असार महिना यता नदेखिएका बुबाको जिम्मेबारी सम्हाल्दै आएकी पुजाले आफ्नो पढ्ने रहर भएपनि बाध्यताले पत्र पठाएको बताउँछन ।

फोहोर लुगा, फाटेको जुत्ता र मुजा लगाएर बिहीबार विद्यालयमा प्रथम त्रैमासिकको परिक्षा दिन आएकी पुजाले पटक पटक विद्यालयबाट अनुरोध पछि विना तयारी परिक्षामा सहभागि हुन आएको बताईन् । एक छाका खान नपाएकै कारण बेनी, चितवन लगाएत विभिन्न जिल्लामा पुगेर संरक्षणको नाममा याताना भोगेकी खत्रीले आफ्नो पढ्ने रहरलाई गरिबीले छेकेको बताईन् ।

बृद्ध अवस्थामा रहेका हजुरबुबालाई रेखदेख, विहान बेलुकी खाना पकाउनुपर्ने, गाउँघरमा खर्च जुटाउन जानुपर्ने भएकाले विद्यालयलाई पत्र मार्फत जानकारी पठाएको विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले बताए । अहिले जिर्ण घरमा कष्टपूर्ण तरीकाले गुजारा गरीरहेका छन् ।

वृद्ध हजुरबाबु आँफै केही गर्न सक्दैन । नातीनलाई पढाउने रहर त उनलाई पनि नभएको होइन ।
पुजाको पढाइ राम्रो छ । गरिबीकै कारण उनले पढाइ छोड्नु पर्ने अवस्था सिर्जना हुनु सबैका लागि लज्जास्पद हो ।