नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो गीत: नयाँ सोच…(भिडियोसहित)

प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५

काठमाण्डौ । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी बीच पार्टी एकता भएपछी बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो पार्टी गीत “नयाँ सोच” सार्वजनिक भएको छ।

यस गीतमा कमला गौतम (मुस्कान) र साथीहरुको स्वर रहेको छ भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान)को नै रहेको छ। यस गीतमा संगीत रोहित सुबेदीको रहेको छ।

यो गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादनको डिवी प्रहारले गरेका छन्। गीत निकै मिठो र दमदार रहेको छ।