प्रधानमन्त्रीको भनाइ देखिने काम थोरै गर्दा त कसै-कसैको रुवावासी चलिसक्यो

प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५

प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार टालटुले सरकार नभएर समृद्धिको सरकार भएको दावी गरेका छन् । मोरङको पथरी बजारमा नेपकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले आफ्नो पालामा भएको कामको समिक्षा गर्नुपर्ने बेलामा अर्काको विराेध मात्रै गरेको बताए ।

 

कांग्रेसलाई कटाक्ष गर्दै उनले भने– ‘प्रतिपक्षमा बस्नेले अब सधैँ प्रतिपक्षमानै बस्नु पर्ने हुन्छ । हामीले धेरै काम गर्न बाँकी छ, देखिने काम थोरै गर्दा त देशमा कसै-कसैको रुवावासी चलेको छ ।’

त्यस्तै स्थानीय निकायले देशभरि लागू गरेको कर वृद्धि समान्य भएको भन्दै सरकारले जनताको पैसा लिएर जनतालाई नै सेवा दिने योजना रहेको उनले बताए ।

प्रधानमन्त्री ओली झापाको कमल गाउँपालिकाको आयुर्वेदिक औषधालय भवनको शिलान्यास गरि गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर बुधबारनै राजधानी फर्कने छन् ।