विचार हो हाम्रो विश्व सर्बहारा साम्यवाद –स्व.गणेश शर्मा

प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५

देखेर कुईरे आँखा बेकार तर्सिएछ
साम्राज्यवादी बाघ कागतको रहेछ

लामा जुङ्गा बनेका राष्ट्रसंघ जडेर
बमका ठूला ती आँखा हेर्छन् सदासमर

विश्व चिरेर दुईटा चिरा बनाईरहेछ
हेर्दा सुडौल देखिन्छ छाम्दा त कागतै कागत छ ।

देखेर कुईरे आँखा बेकार तर्सिएछ
साम्राज्यवादी बाघ कागतको रहेछ

भियतनाममा खटेको क्यूबा पुगि करायो
काबुलतिर कुधेको पाकतिर पो हरायो
बोलिभिया पुगेको जंगलमा बसेछ
भारत हुँदै सुटुक्क नेपालमा पसेछ

देखेर कुईरे आँखा बेकार तर्सिएछ
साम्राज्यवादी बाघ कागतको रहेछ

झ्वाट्ट हे¥यो देखिने जीवित जन्तु जस्तो
विश्वास पर्न जाने जादू गरे सरीको
मुड्की कसेर हान्दा स्याप्प सुकेर जाने
निर्जीव बाघ हो त्यो संसार स्वात्त खाने

देखेर कुईरे आँखा बेकार तर्सिए छ
साम्राज्यवादी बाघ कागतको रहेछ

हरिया बिटा डलरका ब्याट्री जडी दिएछ
मौलिक हक जोडेर खुट्टा बनाईरहेछ
त्यो बिश्व बैंक छट्टु हावा भरि दिएछ
नयाँ मुलुकतिर चर्न छोडि दिएछ ।

देखेर कुईरे आंखा बेकार तर्सिए छ
साम्राज्यवादी बाघ कागतको रहेछ ।

सद्दाम हुसेनले सारा जुंगा उखेलि दिएछ
चीनतिर कुधेको लिंडे पुच्छर बनेछ
संसारका श्रमिकले घेरेर चुट्नु पर्छ
च्याप्प समाउ साथी कच्याककुचुक हुन्छ

देखेर कुईरे आँखा बेकार तर्सिएछ
साम्राज्यवादी बाघ कागतको रहेछ ।

बाघ बनाउने बीरको बंश विगार्नु पर्छ
खोजन चाँढो साथी वाशिङ्गटन गएर
विचार हाम्रो साम्यवाद हो विश्व सर्बहारा
मोर्चा बनाउँ चाँढो समाउँ ज्यानमारा ।

देखेर कुईरे आँखा बेकार तर्सिए छ
साम्राज्यवादी बाघकागतको रहेछ ।

मजदुर किसान मिलेर धराप थाप्नु पर्छ
यो तेश्रो बिश्वबाट चाँडै लखेट्नु पर्छ
कोरियाली बीरले कालोमोसो दलि दिएथे
तर अब शरीरै धुलो बनाउनु पर्छ ।

देखेर कुईरे आँखा बेकार तर्सिएछ
साम्राज्यवादी बाघ कागतको रहेछ ।

बुर्कुसी मार्ने बाघ च्याप्प समाउ साथी
मुक्ति र शान्ति दिउँ सम्पूर्ण विश्वमाथि
कागतको खोल खाली पारेर नाङ्गे झार
चे ग्वाभारा देखाइदेउ बोलिभियामा लडेर

देखेर कुइरे आँखा बेकार तर्रिएछ
साम्राज्यबादी बाघ कागतको रहेछ ।