पूर्व राजदुत झाको हत्या

प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५

काठमाडौँ । फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

‘हत्या भएको आशंका गर्ने प्रशस्त प्रमाणहरु भेटिएका छन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘घटनाबारे अनुसन्धान भईरहेको छ ।’

केशव झाको हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको छ ।

बवरमहल बस्दै आएका झा दम्पती बाहेक उनिहरुको घरमा आइतबार राती विगत १० बर्षदेखि सेक्युरिटी गार्डका काम गर्दै आएका सानु तामाङ थिए ।

सोमबार बिहान पाँच बजे नै मालीको काम गर्दै आएका अन्य दुईजना झाको घरमा पुगेका थिए । सहयोगीहरुले पानी भरेर बिहानको सबै काम सिध्याउँदा पनी झा नउठेपछी श्रीमतीले सेक्युरिटी गार्ड र मालीकै सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा पल्टिरहेको बताइएको छ ।

पूर्व राजदुत झाको एक छोरा, बुहारी र एक छोरी छिन् । आयरल्याण्ड बस्दै आएका छोरा किरणराज झा र बुहारीलाई गत शनिवार मात्रै उनले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका थिए । छोरी राजश्री झा संयुक्त राष्ट्रसंघमा कार्यरत छिन् । रातोपाटि बाट