मेलम्चीको खानेपानी दसैँसमा खुवाउने

प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५

आज खानेपानी मन्त्रालयको आयोजनामा मेलम्ची खानेपानी आयोजनाको सुरुङ र प्रशोधन केन्द्रको अवलोकन गर्ने र जानकारी लिने अवसर पाएँ । साथै प्रशोधन केन्द्रबाट आजदेखि नै दैनिक ३ करोड लिटरका दरले उपत्यकाको खानेपानी सञ्जालमा जोड्ने कार्यको शुभारम्भ गर्ने मौका पनि पाएँ ।

यसले उपत्यकाको खानेपानीको समस्यालाई समाधान गर्न केही भए पनि राहत दिने मैले विश्वास लिएको छु ।

साथै आगामी दशैंअघि नै मेलम्चीको खानेपानी उपत्यकामा ल्याउने खानेपानी मन्त्री र आयोजना स्थलमा खटिएका कर्मचारी, प्राविधिक साथीहरुको प्रतिबद्धता र स्प्रीडले मलाई थप उत्साहित बनाएको छ ।

यस अवसरका लागि खानेपानी मन्त्रीलगायत सम्बन्धित सबैलाई धन्यवाद ।