सेक्युरिटी कास्की जिल्ला भेला सम्पन्न अध्यक्षमा बालकुमार खवास सर्बसम्मत

प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

भाद्र २, कास्की पोखरा, अखिल नेपाल सेक्युरिटी मजदुर संघ कास्की जिल्लाको पाँचौं भेला सम्पन्न भएको छ । भेलाले बालकुमार खवासको अध्यक्षतामा १९ सदसीय जिल्ला कमिटी गठन गरेको छ । सो भेलालाई प्रमुख अतिथि अन्टुफ उपाध्यक्ष अर्जुन छन्त्याल, नविन अधिकारी, भोजराज खत्री, गुणराज बास्तोला, लोकबहादुर भुजेल र गणेश बि.क.ले सम्बोधन गर्नु भएको थियो ।
भेलाले धिरबहादुर गुरुङलाई उपाध्यक्ष,गंभीर गुरुङलाई सचिव,भुवन दाहाललाई सहसचिव पुर्ण रानालाई कोषाध्यक्षमा चयन गरेको छ भने सदस्यमा भिम गुरुङ, सुमित्रा बराल, डोरबहादुर, थापा, चित्रबहादुर कुमाल, पुर्णबहादुर गुरुङ, रमेशकुमार श्रेष्ठ, दिलिप गुरुङ, निर्कबहादुर गुरुङ, भाईबहादुर गुरुङ, जितबहादुर गुरुङ, रामकुमार पुन, सुरेश थापा र घनश्याम पौडेललाई चयन गरेको छ भने सल्लाहकारमा कृष्ण खड्का, कृष्ण लम्साल लगायतलाई चयन गरेको छ भने इन्चार्जको जिम्मेवारी राधाप्रसाद गुरुङलाई परेको अन्टुफ कास्कीका अध्यक्ष नविन अधिकारीले बताएका छन् ।