सीमाभञ्जक सोच १

प्रकाशित मिति : शनिबार, भदौ २, २०७५

-बलराम तिमिल्सिना

मात्र दुई वटा विकल्प दिइयो(
कि जित्न तयार हौ र लड्न आऊ
कि हार्न तयार हौ र हात उठाऊ
जिते विजेताको माला लगाउँछौ फूलको
हारे हरुवाको माला लगाउँछौ फलामको
छिटो छिटो रोज रकुनै यौटा रोज
यो दुईमा एक रोज्ने विकल्प
मलाई पटक्कै मन परेन
अस्वीकृतिसूचक मुन्टो हल्लाएँ मैले १

अर्को पटक
फेरि दुई वटै विकल्प दिइयो
झण्डै झण्डै उस्तै (
कि शासक वन्न तयार होऊ र शासन गर
कि शासित बन्न तयार होऊ र शासन खप
शासक बने सत्तामा बस र मोज गर
शासित बने सडकमा बस र मोज हेर
आजै रोज र अहिलै रोज
यसरी फेरी तोक आदेश आयो
मैले यो आदेश नाइँ भनेर अस्वीकार गरें १

फेरि उस्तै उस्तै कुरा आयो (
सक्छौ पैसा गन र मलाई किन
सक्दैनौ पैसा थाप र तिमी बिक
किन्न सक्यौ भने भोग मेरो सवै कुरा
कि म किन्छु तिमीलाई र भोग्छु
आहा १ कति आकर्षक कुरा हेर त
लु फटाफट रोज र कुनै यौटा रोज
यसरी फकाइयो मलाई
धेरै पटक सोचेपछि
मैले यो आदेश पनि अस्वीकार गरें १

हिजो आज म
उनीहरूको कालो सूचीमा परेको छु १

३०७५्र०४्र०२
ढल्को

बलराम