टोखा नगरपालिका कमिटीको सम्मेलन भाद्र २३ गते

प्रकाशित मिति : शनिबार, भदौ २, २०७५

भाद्र २, २०७५  काठमाडौ
अखिल नेपाल निर्माण मजदुर संघ काठमाडौ जिल्ला अन्तरगत रहेका टोखा नगरपालिका नगरकमिटी को बैठकले तिर्थमान तामाङको अध्यक्षतामा ३६ सदस्यीय टोखा नगरपालिका नगरकमिटी सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।
बैठकमा अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामा प्रमुख अतिथी, केन्द्रीय उपाध्यक्ष द्वय कम्रेडहरु कमल न्यौपाने, नरहरी अर्यालको विशेष अतिथी र केन्द्रीय उपमहासचिव द्वय राजेन्द्र रुम्बा र बिनोद भण्डारीकासाथै काठमाडौ जिल्ला अध्यक्ष मदन बराइली, सचिव सुरज तामाङ लगायत अन्य जिल्ला स्तरीय कार्यकर्ता को उपस्थिती थियो। बैठकले आगामी भाद्र २३ गते सम्मेलन गर्ने निर्णय गरेको छ ।