ITUC-NAC को धारणा, प्रतिवद्धता र माग सहितको प्रेस विज्ञप्ती

प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५

हाम्रा साझा मागहरुः

– बिलम्ब नगरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनमा ल्याईयोस् ।
– स्थानिय तहमा श्रमिकको प्रमाणिकरण गरी पन्जिकरणको कार्य तत्काल अघि बढाईयोस् ।
– श्रमिकले न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा पाए नपाएको प्रभावकारी अनुगमनको ब्यवस्था गरियोस् ।
– स्थायिन तह (सरकार)मा श्रमिक, रोजगारदाता र सरकार सहभागीतामा त्रिपक्षिय श्रम सम्बन्ध समितिको निर्माण गरी श्रम प्रशासनलाई नियमित र सामाजिक सम्बादको अभ्यास तत्काल थालनी गरियोस् ।
– श्रम निरिक्षण प्रणालीलाई प्रभाकारी रुपमा कार्यान्वयनमा ल्याईयोस् ।
– भेदभाव विना श्रमिकलाई बाँच्न पुग्ने पारिश्रमिकको व्यवस्थालाई पूर्ण कार्यान्वयनमा ल्याईयोस् ।
– युनियनसंग हातेमालो गरी श्रम सचेतनाका क्रियाकलापहरु ब्यापक रुपमा आयोजना गरियोस् ।

श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनका पक्षमा ITUC-NAC को धारणा प्रतिवद्धता माग सहितको प्रेस विज्ञप्ती

आईटीयुसी नेपाल आवद्ध परिषद ITUC-NAC, International Trade Union Confederation संग आवद्ध नेपालका प्रमुख ठूला ३ ट्रेड युनियन महासंघहरु क्रमसः अखिल नेपाल ट्रेड युनियन महासंघ ANTUF, नेपाल ट्रेड युनियन महासंघ gefont र नेपाल ट्रेड युनियन काँग्रेस NTUC को साझा मञ्चको रुपमा स्थापना भएको सााझा संरचना हो जसले क्ष्त्ग्ऋ का आधारभूत मूल्यहरुलाई आत्मसाथ गर्दछ । यो संरचनाको स्थापना नेपालमा मर्यादित श्रम अभ्यास निर्माणका लागि निरन्तर सहकार्यलाई अघि बढाउनका निम्ति भएको हो । स्न २००४ अप्रिल २९ देखी औपचारिक रुपमा युनियनहरुको लामो र निरन्तर प्रयत्न मार्फत यो साझा मञ्चको अभ्यासको थालनी भएको थियोे । नेपाली श्रमिक वर्गको लागि सामाजिक न्यायमा आधारित सम्मानपूर्ण र समृद्ध जीवन नै नेपालको मजदूर आन्दोलनको उद्देश्य हो । त्यसैले राजनैतिक र वैचारिक भिन्नताहरुको कारण धेरै युनियनहरु हुनु र युनियनहरु बीच हुने द्वन्द यो उद्देश्य प्राप्तिका लागि बाधा हो भन्ने कुरालाई स्वीकार गर्दै, श्रमिकका समस्या र श्रम विषयमा विवादै नहुने कुराहरुमा हातेमालो गर्दै मिलेर संगै गर्न सकिने मजदूर हितका कामहरु तर्फ क्ष्त्ग्ऋ(ल्ब्ऋ अग्रसर रहँदै आएको छ । हामी मावनअधिकार एवं श्रम अधिकारको अभिन्न हिस्सासाको रुपमा सामाजिक सुरक्षालार्ई परिभाषित गर्दछौ । आईएलओ अभिसन्धि १०२ को प्रावधानमा आधारित एवं नेपालको संविधानमा श्रमजीवी नागरिकको मौलिकहकको रुपमा रहेको सामाजिक सुरक्षाको प्रावधानलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समावेश गरिएको विषयलाई श्रम आन्दोलनको उपलब्धीको रुपमा स्वीकार गर्दै, अब चाडै नियमावली एवं सामाजिक सुरक्षा योजना कार्यान्वयन निर्देशिका जारी भै नेपाल र नेपालीको दिगो विकासका लागि यो ऐन पूर्ण कार्यान्वयनमा आउने विश्वास लिएका छौ ।

विविधतामा एकताको अभ्यास मार्फत ITUC-NAC मार्फत आन्टुफ, जिफन्ट र एनटीयुसीको संयुक्त प्रतिनिधित्व गर्दै, आज श्रावण ३० गते देशभरबाट ३ वटै महासंघका प्रदेश, औधागिक समुह, युवा, महिला, औपचारिक एवं अनौपचारिक क्षेत्र समेतको प्रतिनिधिमुलक समावेसी सहभागीताका आधारमा २ दिन सम्म यस विषयमा राष्ट्रिय स्तरमा गहन छलफल गरी हामी हाम्रो तर्फबाट श्रम क्षेत्रको उपलब्धीको रुपमा रहेको श्रम ऐन २०७४ र योगदानमा आधारित समाजिक सुरक्षा ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार र रोजगारदातासंग जोडदार माग गर्दछौ । साथै यस प्रकृयामा हामी युनियनको काँधमा आउने कुनै पनि प्रकारको दायित्वको पूर्ण पालना समेत गर्ने प्रतिवद्धता जाहेर गर्दछौ ।

धन्यबाद।

ITUC-NACको तर्फबाट

अखिल नेपाल ट्रेड युनियन महासंघ -ANTUF
नेपाल ट्रेड युनियन महासंघ -gefont
नेपाल ट्रेड युनियन काँग्रेस -NTUC
२०७५ श्रावणा ३० गते
काठमाण्डौ ।