चिंग कांग शानमा फेरि पुग्दा-माओ

प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५

मैले धेरै समयदेखि आकांक्षा संगालेको छु,
बादलहरुलाई छुने
फेरि म आएको छु टाढाबाट
चढ्न भनेर चिंग कांग शान,
त्यो हाम्रो पुरानो आश्रय थलो
विगत दृश्यहरु फेरिइसकेका छन् ।
ओरियल चराहरु गाउँछन्
भीर–गांैथलीहरु कावा खाँदै उड्छन्,
कलकल गरेर बग्छन् चारैतिर सोतोहरु
र बाटो अक्कासिंदै माथितिर लाग्छ ।
एकपल्ट ह्वांङ याङ चेहलाई पार गरेपछि
अरु कुनै पनि भयंकर ठाउँले आँखा तान्दैन ।

बतास र चट्याङ चलायमान भैरहेछन्
ध्वजा र पताकाहरु उडिरहेछन्
जहाँ जहाँ मानिसहरु बस्दछन् ।
अठ्तीस वर्षहरु उडेर गइसके
यसो आँखा झिमिक्क गर्दैमा ।
हामी नवौं लोकमा चन्द्रमालाई अंगालोमा हाल्न सक्छौं
र पन्चसिन्धुहरुमा गोता खाँदै कछुवा समात्न सक्छौं
हामी विजयका गीत र खित्काहरुका माझ फर्कने छौं ।
यो संसारमा गाह«ो भनेको कुनै कुरो छैन
चुलीहरुलाई नाप्ने आँट तिमी गर्दछौ भने ।
–मे १९६५