तीव्र बेगले किन डुबिरहेको छ इन्डोनेसियाको राजधानी

प्रकाशित मिति : बुधबार, साउन ३०, २०७५

बीबीसी । इन्डोनेसियाको राजधानी जाकर्तामा १ करोड मानिस बसोबास गर्छन् । तर एक करोड मानिसको बासस्थान विश्वका सबैभन्दा छिटो डुबिरहेको पनि हो ।

अनुसन्धानकर्ताका अनुसार आजको अवस्थामा नियन्त्रण नगर्ने हो भने सन् २०५० सम्म यो महानगरको एक खण्ड पूरै पानीमुनि हुनेछ ।

जाकर्ता दलदले जमिनमाथि बसेको छ । यसको काखैमा जाभा सागर छ । साथै यो सहर हुँदै १३ नदीहरू बग्छन् । यी तथ्यहरूले यो सहरमा बारम्बार जाने बाढीलाई व्याख्या गर्छ । विज्ञहरूले अवस्था झनझन खराब हुँदै गइरहेको बताएका छन् ।

तर बाढी मात्र यो सहरमाथि आइपरेको खतरा होइन्, यो विशाल सहर साच्चै नै हराउँदै गएको छ ।

“यदि तपाईंले हामीले तयार पारेको मोडेल हेर्नुभयो भने सन् २०५० सम्म उत्तरी जाकर्ताको ९५% भूभाग डुब्नेछ,” वाङ्दुङ इन्स्टिच्युट अफ टेक्नोलोजीमा विगत २० वर्ष अनुसन्धान गरिरहेको हेरी एन्द्रिएसले भने ।

यो प्रक्रिया अहिले नै सुरु भइसकेको छ । उत्तरी जाकर्ता विगत दस वर्षमा २.५ सेन्टिमिटर डुबिसकेको छ । केही भाग त वार्षिक रूपमा २५ सेन्टिमिटरको दरसम्म डुबिरहेको छ । यो भनेको विश्वका अन्य तटीय महानगरहरूको डुब्ने औसत दरभन्दा दोब्बर हो ।

जाकर्ता वर्षमा औसतमा १–१५ सेन्टिमिटरको दरमा भास्सिरहेको छ । यही कारणले अहिले सहरको आधा भाग समुद्र सतहभन्दा तल पुगेको छ ।

यसको असर उत्तरी जाकर्तामा अहिले नै स्पष्ट देखिन्छ ।

मुआरा बारु जिल्लामा एक पूरै कार्यालय भवन परित्यक्त रहेको छ । कुनै समय यहाँ एउटा माछा कम्पनी बस्थ्यो तर अहिले उक्त भवनको पहिलो तल्लाको बरण्डाको केही भाग मात्र बाँकी रहेको छ ।
धसिएको भुइँतल्ला बाढीले जमेको पानीले भरिएको छ । यसको वरपरको जमिन उच्च छ त्यसैले पानीलाई अन्त जाने ठाउँ कतै छैन ।

यति गहिरो रूपमा डुबेका भवनहरूलाई यसरी विरलै छाडिन्छ । किनकि अधिकांश अवस्थामा घरधनीले यसलाई मर्मत गर्ने प्रयास गर्छन् वा अन्य कुनै अल्पकालीन समाधान खोज्छन् । तर उनीहरूले सहरको यो भागमा भासिरहेको जमिनको बारेमा भने केही सक्दैनन् ।

त्यहाँबाट पाँच मिनेटको गाडीको दूरीमा खुल्ला माछा बजार छ ।

भूमिगत पानीको स्तर कम हुँदै जाँदा बजार जानेहरू हिँड्ने जमिन नै भासिने र सर्ने भइरहेको छ ।

“वर्षैपिच्छे जमिन भास्सिरहेको छ,” एक स्थानीयबासी रिदवानले भने ।

उत्तरी जाकर्ता ऐतिहासिक रूपमा एक बन्दरगाह सहर रहेको छ । आजको दिनमा पनि यहाँ इन्डोनेसियाको सबैभन्दा व्यस्त समुद्री बन्दरगाहा तान्जुङ प्रिओक रहेको छ ।
आज यो नगरपालिकामा १८ लाख मानिसको बसोबास रहेको छ । त्यहाँ हराउँदै गएको बन्दरगाहा व्यवसाय, गरिब तटीय समुदाय तथा समृृद्ध चिनियाँ इन्डोनेसियालीहरूको बाक्लो जनसङ्ख्याको रोचक मिश्रण देखिन्छ ।

फोर्चुना सोफिया समुद्रतर्फ फर्किएको आफ्नो विलासी भिल्लामा बस्छिन् । उनको घर धसिएको प्रस्ट रूपमा देखिँदैन । तर उनले आफ्नो घरको पर्खाल र खम्बाहरूमा प्रत्येक छ महिनामा चिरा देखिने बताइन् ।
“हामीलाई बारम्बार यो मम्र्मत रहनुपर्छ ,” आफ्नो स्विमिङ पुलको छेउमा उभिएर उनले बताइन्, “मर्मत गर्ने मान्छेहरू घर भएको जमिन सरेर चिरा परेको भन्छन् ।”

विगत चार वर्षदेखि उनी यहाँ बसिरहेकी छिन् । उनी बसेयता नै यहाँ धेरै पटक बाढी आइसकेको छ ।

“समुद्री पानी बगेर आएर स्विमिङ पुल पूरै छोप्छ । तल्लो तल्लामा पनि पानी भरिएपछि सबै फर्निचर माथि तल्लामा सार्नुप¥यो ।”
समुद्र छेउका साना घरहरूमा झन बढी प्रभाव छ ।

“प्रत्येक वर्ष छाल ५ सेन्टिमिटर उच्च हुँदै गएको छ,” एक मछुवा महर्दीले भने ।

तर यी कुनै कुराहरूले पनि सम्पत्ति निर्माणकर्ताहरूलाई रोक्न सकेको छैन । खतराका बाबजुद उत्तरी जाकर्तामा धेरैभन्दा धेरै सुविधा सम्पन्न एपार्टमेन्टहरू बनिरहेका छन् ।

इन्डोनेसियाको एसोसिएसन अफ हाउजिङ डेभलेपमेन्टको सल्लाह परिषद्का प्रमुख एडी गनेफोले आफूले सरकारलाई यो क्षेत्रमा थप विकास रोक्न आग्रह गरेको बताए । तर उनले एपार्टमेन्ट किन्ने मान्छे आइरहँदासम्म निर्माणको काम जारिरहने बताए ।

जाकर्ताको बाँकी भाग पनि डुबिरहेको छ तर उत्तरी भागको तुलनामा सुस्त गतिमा । पश्चिम जाकर्ताको जमिन वार्षिक रूपमा १५ सेन्टिमिटर, पूर्वमा १० सेन्टिमिटर र केन्द्रीय जाकर्तामा २ सेन्टिमिटर र दक्षिण जाकर्तामा १ सेन्टिमिटरको दरमा डुबिरहेको छ ।

जलवायु परिवर्तनका कारणले समुद्री स्तर बढ्नाले विश्वभरिको तटीय सहरहरू प्रभावित छन् ।

तापीय प्रसारले गर्दा समुद्र स्तरमा वृद्धि हुने गर्छ । त्यसको अर्थ तापक्रमको वृद्धिले पानी फैलिन्छ । त्यसका साथै तापक्रम वृद्धि हुँदा धुव्रीय बरफ पग्लिएर पनि समुद्रको स्तर बढिरहेको छ ।
तर जाकर्ता जुन स्तरमा डुबिरहेको छ, त्यसले विज्ञहरूलाई चिन्तित बनाएको छ ।

जाकर्ताको नाटकीय दरको डुबान पछाडि भूमिगत पानीको अत्यधिक दोहन आंशिक रूपमा जिम्मेवार छ । यस सहरमा पिउनका लागि, नुहाउनका लागि र सहरवासीको अन्य प्रायोजनका लागि भूमिगत पानी नै प्रयोग हुने गर्छ ।

 

पाइपको पानी सहरका अधिकांश भागमा उपलब्ध छैन । पुगेका ठाउँमा पनि यो त्यति भरपर्दो छैन । त्यसैले धेरै मानिससँग भूमिगत पानी पम्प गरेर निकाल्नुबाहेक अरू विकल्प छैन ।
भूमिगत पानी बाहिर पम्प गरेपछि माथिको जमिन त्यसरी धस्छ जसरी फुलेको बेलुनमाथि भार राख्दा दबिन्छ ।

समस्या बढ्न भूमिगत पानीको स्रोत दोहनमा यस सहरमा रहेका लचिलो नियम पनि जिम्मेवार छ । त्यहाँ व्यक्तिगत घरधनीदेखि ठूला सपिङ मल सबैले आफ्नै भूमिगत पम्प राख्न सक्छन् ।
पानी व्यवस्थापन प्राधिकरणले जाकर्ताको कुल पानीको मागको ४०% माग मात्र पूरा गर्न सक्छ ।

पछिल्लो समय आएर बल्ल स्थानीय सरकारले अवैधानिक भूमिगत पानीको दोहनलाई समस्याको रूपमा स्वीकारेको छ ।

मेमा जाकर्ता नगर प्राधिकरणले केन्द्रीय जाकर्ताको थम्रिन क्षेत्रका ८० भवनको अनुगमन ग¥यो । त्यसबेला उसले ५६ भवनको आफ्नै पम्प गर्ने सेवा रेहेको र ३३ ले अनुमतिभन्दा बढी पानी दोहन गरिरहेको पाएको थियो ।

जाकर्ताको गभर्नर एनिस बेस्वेदनले अब सबै भवनका लागि लाइसेन्स अनिवार्य गर्ने बताए । उनका अनुसार यसले प्राधिरकणहरूले कसले कति पानी निकालिरहेको मापन गर्न सक्ने बताए ।

अधिकारीहरूले ४० अर्ब अमेरिकी डलरमा समुद्र तटमा बनिरहेको ग्रेट गरुडा नामक ३२ कि.मि. लामो पर्खाल, १७ कृत्रिम टापुहरूले पनि सहरलाई डुब्नबाट बचाउने आसा गरेका छन् ।

यी परियोजनालाई डच र दक्षिण कोरिया सरकारको सहयोग प्राप्त छ । यसले एक कृत्रिम दहको निर्माण गर्नेछ, जसमा सहरको पानी बाहिर निस्कन दिन पानीको स्तर घटाउन सकिन्छ । यसले वर्षाको समयमा उत्पन्न हुने बाढीलाई सहयोग गर्छ ।

तर तीन डच गैरनाफामूलक समूहले सन् २०१७ मा एक रिपोर्ट सार्वजनिक ग¥यो । त्यसमा यी पर्खाल तथा कृत्रिम टापुले जाकर्ता भासिने समस्याको दिगो समाधान गर्ने कुरामा शङ्का व्यक्त गरेको छ ।
डच जल अनुसन्धान संस्था डेलटरेसका जलविज्ञ जन जाप ब्रिङ्मनले यो अल्पकालीन विकल्प मात्र हुने बताए । उनका अनुसार यसले जाकर्तालाई दीर्घकालीन विकल्प ल्याउनका लागि २०–३० वर्ष अतिरिक्त समय दिने बताए ।

“यसको एउटै मात्र समधान छ र यहाँ सबैलाई त्यो थाहा छ,” उनले भने ।

त्यो भनेको सबै भूमिगत पानी दोहन कार्य नियन्त्रण गर्ने हो । दैनिक प्रयोजनको पानीको लागि वर्षा, नदी वा मानव निर्मित रिजरभ्वाएरमा पानी सङ्कलन गर्नेजस्ता विकल्प अङ्गीकार गर्नुपर्ने जापले बताए । उनले ठूलो स्तरको जमिन भासिन्ने क्रिया रोक्नका लागि जाकर्ताले सन् २०५० सम्म यो स्वीकार गर्नै पर्ने बताए ।

तर यो सन्देश हालसम्म कसैले मनमा लिएको देखिन्न । जाकर्ताका गभरनर एनिस बेस्वेदनले त्यो भन्दा कम नाटकीय विकल्पले पनि काम गर्ने बताए ।

उनले मानिसहरूले बायोपोरी विधिबाट आफूले निकाले जति पानी पुनःस्थापित गर्दा पनि समस्या समाधान हुने बताए ।

यसका लागि जमिनमा १० सेन्टिमिटर व्यास भएको १०० सेन्टिमिटर गहिरो एक खाल्टो खन्नुपर्छ, जसले पानीलाई पुनः माटोमा सोसिन सहयोग गर्छ ।

आलोचकहरूले यो तरिकाले माथिल्लो तहमा मात्र पानीलाई पुनस्र्थापित गर्ने बताएका छन् । जाकर्तामा भने पानी तान्नका लागि जमिनको सतहको सयौं मिटर तलसम्म पम्प पु¥याइन्छ ।

जमिनको गहिराइमा पनि पानी पुनस्र्थापित गर्नको लागि पनि प्रविधि विद्यमान छ । टोकियोमा यो प्रणाली प्रयोग भइरहेको छ । यसलाई कृत्रिम रिचार्ज भनिन्छ ।
त्यहाँ ५० वर्षअघि विषम खालको जमिन भासिने समस्या आएपछि यो विधि प्रयोगमा ल्याइएको थियो ।

 

त्यहाँको सरकारले भूमिगत पानीको दोहन र व्यवसायलाई प्रतिबन्ध लगायो । यी विकल्पहरू पछि सफल सावित भएको थियो । यी विधिहरूको प्रयोगले जमिन भासिने क्रम रोकियो ।
तर त्यसले काम गर्नका लागि जाकर्तालाई पहिले वैकल्पिक पानीको स्रोत खोज्नुपर्छ । वाङ्दुङ इन्स्टिच्युट अफ टेक्नोलोजीका हेरी एन्ड्रियासले  पाइपको प्रयोग गरेर गहिराइको भूमिगत पानीको स्तर

पुनस्र्थापित गर्नका लागि प्रयोग हुने स्तरमा पु¥याउन जाकर्ताका नदीहरूलाई १० वर्ष लान्ने बताए ।

जाकर्ताका बासिन्दाहरू यो डुब्दै गएको सहरमा आफ्नो भविष्यलाई लिएर भाग्यवादी मानसिकता अँगाल्न थालेको देखिन्छ ।

“यहाँ बस्नु खतरनाक छ,” सोफिया फर्चुनाले आफ्नो घरमा भनिन्, “यहाँका मानिसहरूले सबैले त्यो खतरा स्वीकारेका छन् ।”