अखिल नेपाल यातायात मजदुर संघको मुल इकाई कमिटी माइला बलामीको अध्यक्षतामा गठन

प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

नुवाकोट  ककनी गाउँपलिकामा अखिल नेपाल यातायात मजदुर संघ मुल इकाई कमिटी माइला बलामीको अध्यक्षतामा गठन भएको छ ।

अखिल नेपाल ट्रेडयुनियन महासंघ युवा कमिटि अध्यक्ष राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा बसेको भेलाले १५ सदस्यीय ‘महालक्ष्मीथान यातायात मुल कमिटी’ गठन गरेको अन्टुफ नुवाकोट जिल्ला अध्यक्ष उत्तम मुडभरीले बताएका छन ।

भेलामा अन्टुफ नुवाकोट जिल्ला अध्यक्ष उत्तम मुडभरि, अखिल नेपाल यातायात मजदुर संघका उपमहासचिब बिष्णु गुरुङ, डम्बर ठकुरी, सनत उप्रेती, बिष्णु न्यौपाने, हरि ढुङ्गानाको विशेष उपस्थिति रहेको थियो ।

माइला बलामीको अध्यक्षतामा गठित कमिटिका उपाध्यक्षमा राम बलामी, प्रकाश बलामी , सचिबमा शुभलाल बलामी सहसचिबमा श्यामकुमार बलामी, कोषाध्यक्ष प्रकाश बलामी र सदस्यहरूमा सुरेश बलामी, रामचन्द्र बलामी, तेजबहादुर बलामी, प्रकाश बलामी, राम बलामी, टकमान बलामी,गणेश बलामी, सन्तराम बलामी,समिर बलामी चयन भएका छन् भने अनुगमन समिति संयोजकमा दीपेन्द्र श्रेष्ठ चयन भएकाछन् ।