बढेको पारिश्रमिक तत्काल लागू गर्न यातायात मजदुर संघको माग

प्रकाशित मिति : मङ्लबार, साउन २२, २०७५

बढेको पारिश्रमिक तत्काल लागू गर्न यातायात मजदुर संघ प्रदेश ३ विष्णु न्यौपाने काठमाण्डु र अखिल नेपाल यातायात मजदुर संघ ३ नं प्रदेश स्तरिय बैठक माहासंघ केन्द्रीय कार्यालय पेरिसडाडाँमा सम्पन्न भएको छ ।

अखिल नेपाल ट्रेड युनियन माहासंघ केन्द्रीय उपाध्यक्ष क। जय कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामि भाद्र मसान्त भित्र संगठन सुद्रिढिकरण, सदस्यता नबिकरण तथा बितरण, साथै ईकाइ तथा जिल्ला कमिटिहरुको बस्तुगत तथ्यांक केन्द्रिय कार्यालयमा पेश गर्नुपर्ने र एकताको लागि तयार रहने निर्णय गर्यो ।

बैठकमा सचिबालय बैठकको सर्कुलर बाचन साथै केन्द्रिय अध्यक्ष सोम तामाङ तथा प्रमुख अतिथि जय कार्कि, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रणबहादुर लिम्बु संगम, रामचन्द्र कार्की र प्रदेश अध्यक्ष राजेन्द्र शर्मा, विष्णु गुरुङ ले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो । बैठकले बढेको पारिश्रमिक तत्काल लागू गर्न माग गरेको छ ।