माइतिलाई सम्झिदै इन्दिरा रजक र अनिता कुवरले यस्तो गीत गाए “भिडियो सहित”

प्रकाशित मिति : आइतवार, साउन २०, २०७५

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा डिजिटल बजारमा नयाँ नयाँ गीतहरु आइरहेका छन् । यहि भिडमा गायिका इन्दिरा रजक र अनिता कुवरले पनि ‘दिदी बहिनी’ नामक तिज गितको म्युजिक भिडियो सार्बजनिक गरेका छ्न ।

इन्दिरा रजक र अनिता कुवर कै आवाजमा मा रहेको ‘दिदी बहिनी’ बोलको तीज  गीतमा गीतमा बावुल गिरीको शब्द र सङ्गीत रहेको मौलिक तीज गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।

बिक्रम चौहानको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा भने सुस्मिता ढकाल र अनिता केसीलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा दिदी बहिनी माईतिमा गएर दर खाने अनि पुराना साथीसङ्गी अनि बाबा आमासङ्ग नाच्ने रमाउने भाव बुझिन्छ।

बिक्रम चौहानको कोरियोग्राफी रहेको उक्तगीतको भिडियोमा मिलन बि क को सम्पादन छ छायांकन प्रकाश खड्काको रहेको छ जुन गीत तथा भिडियोलाई उमङ म्युजिक प्रा लि ले डिजिटल बजारमा ल्याएको छ ।

अन्ने गीतहरु जस्तै यो गीत पनि एउटा सफल गीत बनोस खबर सम्पूर्ण परिवारको तर्फा बाट शुभकामना ।