कांग्रेससँग कुनै मुद्दा नै नरहेकोले जनताबाट नराम्ररी पराजित भयो “भिडियो सहित”

प्रकाशित मिति : आइतवार, साउन १३, २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस अलोकतान्त्रिक चरित्र बोकेको दल भएको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बुर्जुवाहरुलाई बाम एकता सहिनसक्नु भएको बताउनुभयो । मुलुक र जनताको हितका लागि भएको वाम एकताले धेरैको निद्रा हराएको उहाँको भनाई छ ।

चुनावमा जनताबाट नराम्ररी पराजित कांग्रेससँग कुनै मुद्दा नै नरहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । डाक्टर केसी, गंगामाया मुद्दा समातेर नेकपालाई अधिनायकवादी भन्ने कांग्रेस आफै अलोकतान्त्रिक रहेको आरोप लगाउनुभयो।

अध्यक्ष दाहालले नेपाली जनताको सोचाई वैज्ञानिक र आधुनिक रहेको पनि बताउनुभयो ।