९० प्रतिशत डाक्टरहरुले बंगलादेशबाट सर्टिफिकेट किनेर ल्याउँछनः गगन थापा

प्रकाशित मिति : बुधबार, साउन ९, २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्कने ९० प्रतिशत विद्यार्थीले सर्टिफिकेट किनेर ल्याउने गरेको आरोप लगाएका छन । गोविन्द केसीको नाममा सरकार विरुद्धको सडक आन्दोलनमा भाषण गर्दै नेता थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि धावा बोलेका हुन ।

उनले यसरी बोलेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । यसअघि बंगलादेशमा पढ्ने विद्यार्थी माथि धावा कानुनमन्त्री शेरबहादुर तमाङले नैतिकताको बन्धन देखाउदै पदबाट राजिनामा दिएका थिए ।

त्यस्तै व्यवसायी दुर्गा प्रसाइको पनि चर्को आलोचना भैरहेको छ । तर यही बीचमा कांग्रेस नेता गगन थापाले बंगलादेश, फिलिपिन्स र चीनमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी माथि एकमुण्ठ सर्टिफिकेट किनेर ल्याउने गरेको चार्च लगाएका छन । यस विषयमा आलोचना सुरु भएपछि गगनका समर्थक बचाउमा लागेका छन भने धेरैजसोेले आलोचना गरिरहेका छन ।