ज्योतिष हरिहर अधिकारी र मिस टिन विजेता कृष्टिना पौडेलको जोडी अब चलचित्रमा हेर्न पाइले

प्रकाशित मिति : सोमवार, साउन ७, २०७५

चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायकको भूमिकामा चलचित्रमा देखिने भएका छन् । आफ्नै कथामा बन्न लागेको चलचित्र शुभलभमा अधिकारी नायकको रुपमा देखा पर्ने भएका हुन् ।

बुद्ध इन्टरटेनमेन्ट प्रालिको व्यानरमा चलचत्रि निर्माण हुनेछ । प्रदिपकुमार उदयको प्रस्तुततिमा बन्ने शुभलभ धर्मराज सुवेदीले निर्माण गर्नेछन् । चलचित्रको नर्देशकमा सन्तोष बाबु लोहनी छन् ।

 

चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायक र मिस टिन नेपाल २०१७ की विजेता कृष्टिना पौडेल, डा. सुर्य थापाले नायिकाको भूमिका निर्वाह गर्नेछन् । चलचित्रमा राजारामपौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिपवास्तोलालगायतको भूमिका रहनेछ ।