के.सीको अनशन चलिरहेको बेला त्रिवि शिक्षण अस्पतालका निर्देशक डा दीपक महराद्वारा राजीनामा

प्रकाशित मिति : शुक्रबार, साउन ४, २०७५

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा दीपक महराले राजीनामा दिएका छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा प्रा.डा. जगदिश अग्रवाललाई शुक्रबार बिहान ११ बजे भेटेर आफ्नो पदबाट राजीनामा दिएका हुन्।

डा गोविन्द के.सीको अनशन चलिरहेको बेला पद छाेडेका निर्देशक महराले त्यसबारे कुनै सम्बन्ध नभएको उल्लेख राजीनामा पत्रमा लेखेका छन्।