खेलमा सट्टेबाजीको धन्दा चलाउँदै आएका ‘डन’ नागराज जेल चलान

प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिल) खेलमा सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराज भन्ने नथमल अग्रवाल जेल चलान भएका छन् ।

आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी फरार भएका नागराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि उनी आज जेल चलान भएका हुन् ।

धनुषा स्थायी घर भएका नागराजलाई महानगरीय अपराध महाशाखाको टोलीले  असार ९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो ।