हल्ला मात्रै हैन अब साच्चै नेपालमा अाइपुग्यो चाइनाको रेल

प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५

काठमाडौँ : गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित “चाइनाको रेलमा” लिएर आएकी छिन l लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l

गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा रहदै आएकी छिन l

ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ l

छायाँकार उत्सब दाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् l

भिडियो हेर्नुहोस :