दलितलाई पानी खुवाउँदा अछूत भन्दै गाउँ निकाला

प्रकाशित मिति : आइतवार, असार ३१, २०७५

भनिन्छ लोकतन्त्र आएपछि छुवाछुत सम्बन्धि राज्यले कडा नियम लिएको छ । अब दलित भनेर हेप्नु पाउँदैन । सबै जातजातिलाई समान अधिकार दिएको छ । तरपनि बाजुराको हिमाली गाउँपालिका ०२ नातिखोलाको एक परिवार एक जाना दलितलाई पानी खुवाउदाँ गाउँनिकालाको सिकार बन्नु परेको छ ।

दलितलाई पानी खुवाउँदा ६ वर्षदेखि गाउँबाहिर बस्नु परेको बाजुराको यो घटनालाई आजको समाचारमा पहिलो प्रथकितमा छापेका छन् ।

बाजुराको हिमाली गाउँपालिका २ नातिखोलाको साविकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका एक परिवार जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै गाउँलेले दुरव्यवहार गर्न थालेपछि उनले गाउँ छाडेको समाचारमा उल्लेख छ ।

६० वर्षीय जयलालले भनेका छन्, ‘गाउँमा बस्न नपाए केही छैन, छोराहरुसँग पनि बस्न नपाउँदा मन पोल्छ । मान्छेलाई पानी खु्वाउनु पनि पाप हो र त्यसो भए पुण्य के हो र ? राजधानी दैनिकले छापेको छ ।