प्रमोद खरेलको स्वर अनि निरन्तर गीत संगीतहरुमा सक्रिय मोडल लिला गिरीको अभिनयमा ‘तिम्रो मनमा’ बजारमा

प्रकाशित मिति : शनिबार, असार ३०, २०७५

बिगत लामो समय देखि निरन्तर सबै खालका गीत संगीतहरुमा उत्कृष्ट अभिनय गरेर सबैको मन जित्न सफल मोडल लिला गिरीको फेरी अर्को नयाँ आधुनिक गीत बजारमा आएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा अहिलेका चर्चित गायक प्रामोद खरेलको सुमधुर स्वरमा सजिएको छ ।

बिन्ध्यावासिनी म्जुजिक प्रा लि ले भर्खरै बजारमा ल्याएको गीतमा चर्चित संगीतकार राजकुमार बगरको संगीत रहेको छ भने गीतकार सिता सेरचनको उत्कृष्ट शब्दमा तयार भयको छ । अभिनयमा भने मोडल लिला गिरीलाई श्यामराजसागरले साथ दिएका छन ।

 

यो भिडियोलाइ निर्देशन भने कलाकार तथा निर्देशक केसव सापकोटा (भैसीको कसमले) गरेका छन्  भने छायाँकन राहुल राईले गरेका छन त्यसै  सम्पादन भने सुरेश राउतले गरेका हुन् । धेरै गीतहरुको भिडमा यो गीत एउटा सफल गीत बनोस खबर सम्पूर्ण परिवारको तर्फ बाट शुभकामना ।