एक महिना मै छ लाख दर्शक पाउन सफल मौलिक गीत “बाउ आमा २”

प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५

मौलिक नेपाली लोक दोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा निकै मिठो मौलिक लोक दोहोरी गीतहरु बजारमा आउने क्रम बढिरहेको छ यहि भिडमा एउटा नयाँ मौलिक गीत तथा भिडियो बजारमा आएको छ  ।

“बाउ आमा २” बोलको यो गीतमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियार डि.आर सुजन शम्भु कुवर र बिमा अनुरागीको स्वर रहेको छ । गीतको लय र शब्द पनि डि.आर सुजन कै रहेको छ । निकै मिठो पारिवारिक कथा बस्तुमा तयार भयको यो गीतको भिडियो पनि निकै उकृष्ट बनेको छ  ।

सुरबीर पण्डित रमा थपलिया शान्ति श्री परियार डि.आर सुजन र सुजित रेग्मी लगायतका कलाकार हरुको अभिनय रहेको छ । भने भिडियोलाई डि.आर सुजनले नै निर्देशन गरेका हुन् भने बाशु बरालले खिचेका छन मनोज कार्कीको सम्पादन रहेको छ यो भिडियोला सम्पूर्ण फिल्मस् ले भिडियो निर्माण गरेको छ ।

धुन नेपालको आफ्नै youtube च्यानलबाट डिजिटल बजारमा आयको यो भिडियो एक महिना मै करिब करिब छ लाखको हाराहारीमा दर्शक पाएको छ  ।